को हुन् पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङ ? « Image Khabar


को हुन् पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङ ?


Imagekhabar
१२ जेष्ठ २०७४, शुक्रबार १४:३५

शुक्रबार सम्पन्न मतगणनाअनुसार वडा र क्षेत्रफलको आधारमा देशकै ठूलो महानगर पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

पोखरा–लेखनाथ महानगरको प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जुदेवी गुरुङ निर्वाचित भए । जिसी र गुरुङले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतअन्तरले पराजित गरेका छन् ।

प्रमुखमा जिसीले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई झन्डै १४ हजार अन्तरले मतले पराजित गरे । जिसीले कुल ६० हजार ११८ मत प्राप्त गर्दा कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे । जिसीले कुँवरले भन्दा १३ हजार ७०२ मत बढी प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् ।

त्यस्तै, उपप्रमुखमा पनि एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई ११ हजार २२५ मतअन्तरले पराजित गरेकी हुन् । विजयी मञ्जुदेवी गुरुङले कुल ५४ हजार १०० मत प्राप्त गर्दा पराजित सरस्वती गुरुङले ४२ हजार ८७५ मत प्राप्त गरिन् ।

प्रमुख र उपप्रमुखमा निर्वाचित जिसी र गुरुङले पोखरा–लेखनाथ महानगरको बृहत्तर विकास र यहाँका नागरिकको हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

शपथ आइतबार
पोखरा–लेखनाथ महानगरमा निर्वाचित जनप्रतिनिधिको शपथग्रहण आइतबार हुने भएको छ ।

शुक्रबार बिहान अन्तिम परिणाम सार्वजनिक भएपनि शपथग्रहणको कार्यक्रम आइतबार तय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार जिल्ला समन्वय समिति कास्कीको कार्यालय परिसरभित्र शपथग्रहण कार्यक्रम तय गरिएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

पोखरा–लेखनाथ महानगरको ३३ ओटा वडामध्ये २२ ओटा वडाको अध्यक्षमा एमाले र ११ वडामा कांग्रेसले अध्यक्ष जितेको छ ।

गत वैशाख ३१ गते सम्पन्न निर्वाचनमार्फत् पोखरा–लेखनाथ महानगरमा कुल १६७ जना निर्वाचिचत भएका छन् ।

को हुन् पोखरा महानगरका प्रमुख मानबहादुर जिसी ?
२०१७ साल भदौमा साविक कालिका गाविसमा मानबहादुर जिसीको जन्म भएको थियो ।

२०३६ सालदेखि अनेरास्ववियु हुँदै राजनीति सुरु गरेका जिसीले गणित र स्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण गरेका छन् । पीएन क्याम्पसको प्रारम्भिक कमिटी हुँदै अखिल जिल्ला सदस्य भए ।

उनले २०४१ सालमा पार्टीको सदस्यता लिएका थिए । त्यसपछि कालिका गाविसको गाउँ कमिटी सचिव हुँदै २०४४ मा इलाका कमिटीको पनि सचिव भए ।

जिसी राजनीति सुरु गरेको १४ वर्षपछि २०५१ सालमा एमालेको जिल्ला कमिटी सदस्य भएका थिए । सोहीबेला क्षेत्रीय कमिटी संयोजकसमेत भएर काम गरे ।

उनी २०६३ मा जिल्ला कमिटीको प्रमुख तत्कालीन सचिव भए भने आठौं अधिवेशनबाट पुनः जिल्ला अध्यक्ष हुँदै हाल एमालेको वैकल्पिक केन्द्रीय सदस्यकोरुपमा कार्यरत् छन् ।

जिसी बहुदलपछिको दुईओटै स्थानीय चुनावमा कालिका गाविसबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । २०४९ र २०५४ मा अध्यक्ष निर्वाचित भएपछि उनी गाउँ विकास समिति राष्ट्रिय महासंघको सचिवालय सदस्यकोरुपमा हालसम्म काम गरिरहेका छन् ।

जिसी संविधानसभाको दोस्रो निर्वाचन २०७० मा कास्की क्षेत्र नम्बर–१ बाट एमालेको प्रत्यक्षतर्फका उम्मेदवार थिए । उनी कांग्रेसका तत्कालीन सभापति यज्ञबहादुर थापासँग झिनो मतले पराजित भएका थिए ।

यसबाहेक जिसी नेपाल रेडक्रसको आजीवन सदस्य हुन् भने दुई कार्यकालसम्म शाखाको अध्यक्ष भएर काम गरेका थिए ।

व्यक्तिगत विवरण
नामः मानबहादुर जिसी
बाबुः नरबहादुर जिसी
आमाः मानकुमारी जिसी
जन्मः २०१७ भदौ १७ गते मंगलबार (४ छोरा र १ छोरीमध्ये जेठो सन्तानकोरुपमा मध्यम वर्गीय किसान परिवारमा जन्म) ।
जन्मस्थानः साविक कालिका गाविस वडा नम्बर–५ देउमाडी (हाल पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर–२८) ।
विवाहः २०३६ साल फागुन २७ गते पोखरा–१२ निवासी शिव कार्कीसँग विवाह ।
सन्तानः २ छोरी र १ छोरा ।
शिक्षाः १—३ कक्षा जनक प्रावि ओखले माझठाना ।
४ कक्षा हिमालय प्रावि ठूलोस्वारा चितेपानी ।
५—१० कक्षा श्री जनज्योति माध्यामिक विद्यालय झाझरमारे ।
२०३५ सालमा एसएलसी परीक्षा उत्तीर्ण, श्री जनज्योति मावि झाझरमारे ।
बीएड सम्मको उच्चशिक्षा पृथ्वीनारायण क्याम्पस पोखरा ।
राजनीतिक जीवन
२०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरी प्रारम्भिक कमिटी संगठित ।
२०३९ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु प्राकको अध्यक्ष ।
२०४१ सालमा नेकपा(माले)को पार्टी सदस्यता प्राप्त ।
संगठित कमिटीहरु
नेकपा एमाले कालिका गाउँ कमिटीको सचिव, इलाका कमिटी इलाका नम्बर–४ कास्कीको सचिव, निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर–१ को सचिव ।
२०४९ सालमा नेकपा एमाले जिल्ला संगठन कमिटीको सदस्य ।
२०५० सालमा नेकपा एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी सदस्य ।
२०५३ सालमा चौथो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला सदस्य, साथै निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर–१ कास्कीको सचिव ।
२०५४ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको उपसचिव, पाँचौं जिल्ला अधिवेशनवाट पुनः उपसचिव ।
२०५८ साल देखि २०६० साल सम्म २ वर्ष जिल्ला कमिटी कास्कीको सचिव (पार्टी प्रमुख)को जिम्मेवारी ।
पार्टीको आठौं जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित (२०६६—२०७० साल सम्म अध्यक्षको जिम्मेवारी)
पार्टीकोे हालको जिम्मेवारी
नेकपा एमाले केन्द्रीय कमिटी वैकल्पिक सदस्य एवं कास्की जिल्ला इन्चार्ज
प्रदेश संगठन कमिटी प्रदेश नम्बर–४ को कार्यालय सचिव ।
२०४९ र २०५४ मा कास्की जिल्लाअन्तर्गत् साविक कालिका गाविसको निर्वाचित अध्यक्ष ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर–१ बाट (२७२) ले पराजित ।
गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य ।
शैक्षिकक्षेत्रको सेवा
२०३६ सालमा रत्नशोभा निमाविमा शिक्षक ।
२०४१ देखि २०४४ साल सम्म कालिका गाउँ पञ्चायतको बमचन्द्रकला प्राविमा शिक्षक ।
राजनीतिक नियुक्ति
कास्की जिल्ला सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी (मात्र तीन महिना) ।
हिरासत
देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गराउन २०६२/०६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गरेकै कारण ६२ दिनसम्म हिरासतमा रहेको ।

पोखरा–लेखनाथ महानगरका उपप्रमुखको जीवनी
नामः मञ्जुदेवी गुरुङ
बाबुः स्वः ओमप्रसाद गुरुङ
आमाः गौरादेवी गुरुङ
जन्ममितिः २०१८/०८/१६
जन्मस्थानः पञ्चमुल, सिरुवारी स्याङ्जा
शैक्षिक योग्यताः आइएड
विवाहः मेखबहादर गुरुङसँग (२०३८ सालमा)
सन्तानः एक छोरा र एक छोरी
राजनीतिक पृष्ठभूमि
राजनीतिक पार्टी: नेकपा एमाले
संगठित सदस्यः २०५५
नेकपा एमाले वडा नम्बर–८ को वडा कमिटी सदस्य २०५५–२०६५ (दुई कार्यकाल) ।
नेकपा एमाले जिल्ला कमिटी कास्कीको आर्थिक विभाग सदस्य (२०६१– २०६३) ।
नेकपा एमाले क्षेत्र नम्बर–३ को क्षेत्रीय सचिवालय सदस्य (२०६६–२०६९) ।
नेकपा एमाले जिल्ला कमिटी वैकल्पिक सदस्य (२०७०– हाल सम्म) ।
अनेम संघको सदस्यता प्राप्त मिति २०५० ।
अनेम संघ नगरकमिटी सल्लाहाकार सदस्य (२०५१–२०५६) ।
अनेम संघ पोखरा नगरकमिटीको सचिव (२०५७–२०६४)सम्म दुई कार्यकाल ।
अखिल नेपाल महिला संघ कास्की जिल्ला कमिटी कोषाध्यक्ष (२०६४–२०७१) ।
अखिल नेपाल महिला संघ केन्द्रीय विदेश विभाग सदस्य (२०६९–हालसम्म) ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्की कोषाध्यक्ष (२०६६–२०७२) ।
अखिल नेपाल महिला सघं कास्की जिल्ला कमिटी अध्यक्ष (२०७२–हाल सम्म) ।
अन्तर पार्र्टी महिला सञ्जाल कास्की जिल्ला कोषाध्यक्ष (२०७१–२०७३) ।
अन्तर पार्टी महिला सञ्जालको सदस्य (२०७३– हालसम्म) ।
आवद्ध सामाजिक संघ–संस्था
अर्थर डाँडाखर्क कोने परिवार पोखरा – उपसचिव
सोंपाल तमु समाज पोखरा – जनसम्पर्क समितिको सदस्य
गोर्खा कम्युनिटी गु्रप पोखरा – आजीवन सदस्य
पन्चकोशी तमु समाज पोखरा – आजीवन सदस्य
तमु धिं नेपाल पोखरा – आजीवन सदस्य
पर्वत मिलन समाज पोखरा – आजीवन सदस्य
बौद्ध अर्घौ सदन – आजीवन सदस्य
गोर्खा भूपू महिला संघ गन्डकी अञ्चल – पूर्वसदस्य
शैक्षिक समाज सहकारी संस्था – पूर्वउपाध्यक्ष
सोंपाल तमु समाज – पूर्वसचिव
दि विज्डम कास्की बोडिङ स्कुल – संस्थापक
२०३६ सालबाटै कम्युनिष्ट पार्टीप्रति आस्थावान । वि.सं. २०५० बाट अनेम संघमा आवद्ध भएर काम गर्दै आएको र २०५५ सालमा पार्टीको संगठित सदस्य । २०५० सालबाट पार्टी काममा निरन्तर लागि रहेको ।हालको वासस्थानः सभागृहचोक, न्यूरोड–८, पोखरा ।

प्रतिक्रिया दिनुहोस्