बेइमानहरुलाई इमानको राजनीति सिकाएँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँग भएको सहमतिअनुसार आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएर इमानको राजनीति सिकाएको बताए ।
उनले आफ्नो १० महिने कार्यकाल मुलुकलाई राजनीतिक र आर्थिक विकासमा अघि बढाउन सफल भएको दाबी गरे । माओवादी आन्दोलनलाई एकीकरण गर्न आफू प्रयासरत भएको भन्दै प्रधानमन्त्री दाहालले माओवादी बलियो भएमात्र गणतन्त्र र लोकतन्त्र पनि बलियो हुने बताए ।
उनले माओवादीबाट अलग भएका मोहन वैद्य र नेत्रविक्रम चन्दलाई पुनः पार्टीमा फर्कन बाटो खुला भए पनि डा. बाबुराम भट्टराई भने धेरै बरालिएकाले तत्काल सम्भव नहुने स्पष्ट पारे ।
प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचनमा माओवादीले शक्ति प्राप्त गरेको देखेर केही शक्तिहरु अत्तालिएको बताए ।