उनको सम्मानमा राप्रपा मकवानपुरले मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले भने–‘लोकतान्त्रिक शक्तिबीच गठबन्धन गरेर नेपालको लोकतान्त्रिक व्यवस्थालाई सबल र मजबुत् बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।’ उपप्रधान एंव ऊर्जामन्त्रीसमेत रहेका अध्यक्ष थापाले विगतमा राजनीतिक स्थिरता र समृद्धि ल्याउन नसक्दा संविधान कमजोर भएको उल्लेख गर्दै देशमा आर्थिक समृद्धि ल्याउनका लागि आसन्न संघ र प्रदेशसभाको निर्वाचनमा…