
बुढ्थापाले कात्तिक ५ गते मनोनयन दर्ताको दिन पार्टीबाट राजीनामा दिएका हुन् । उनले यसअघि नयाँ शक्तिबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका हुन् ।
पार्टीको सिद्धान्त समाजवाद उन्मुख नभएको र प्रजातान्त्रिक धारको काँग्रेससँग तालमेल गरेका कारण आफूले नयाँ शक्तिबाट साधारण सदस्यसम्म नरहने गरी राजीनामा दिएको उनले बताए ।
उनले भने, ‘मैले नयाँ शक्ति पार्टीमा मात्र सीमित नभई नेपालका सम्पूर्ण वामपन्थीको सल्लाहकार हुन चाहेको छु ।’
यद्यपि अहिले स्वतन्त्र वामपन्थी बुद्धिजीवीको भूमिकामा काम गर्ने उनले बताए । त्यसका साथै अब वामपन्थीले गर्ने कामको असल समीक्षक गरिने उनको भनाइ थियो ।
संसद्ले ऐन कानून बनाउने भए पनि अब बन्ने सरकार जनताबाटै चुनिनुपर्नेमा उनको जोड थियो । बुढ्थापाले जिल्ला समितिमार्फत केन्द्रीय समितिमा राजीनामा स्वीकृतिका लागि पत्र पठाइएको बताए । रासस
प्रतिक्रिया दिनुहोस्