विशाल नेम्वाङ (इमेज) झापा, असोज ३ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा राजतन्त्र फर्किने सम्भावना सधैंका लागि समाप्त भएको बताएका छन् । सडकमा नाराबाजी गर्दैमा राजतन्त्र नफर्किने दाबी उनले गरे । संविधान दिवसका अवसरमा शुक्रबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान पूर्णरुपमा समावेशी र समानुपातिक भएको भन्दै आवश्यकतानुसार संविधान परिमार्जन गर्न सकिने…