संविधान खारेजीको माग गर्दै सरकारविरुद्ध नाराबाजी • Image Khabar Image Khabar


संविधान खारेजीको माग गर्दै सरकारविरुद्ध नाराबाजी


Imagekhabar
३ आश्विन २०७६, शुक्रबार १८:३६

संविधान खारेजीको माग गर्दै सरकारविरुद्ध नाराबाजी

काठमाडौं, असोज ३ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र आदिवासी जनजाति महासंघले संविधानको विरोधमा प्रदर्शन गरेका छन् ।

शुक्रबार राजधानीमा संयुक्तरुपमा निकालिएको विरोधजुलुस भित्री सहरका विभिन्न भाग हुँदै वसन्तपुर पुगेको थियो ।

संविधान खारेजीको माग गर्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

वसन्तपुरमा आयोजित कोणसभाका वक्ताहरुले वर्तमान संविधान नेताहरुका लागि मागी खाने भाँडोमात्रै बनेको भन्दै यो संविधान कसैको हीतमा नरहेको जिकिर गरे ।

दुईतिहाइको सरकार डेढ वर्षमा पूरै निकम्मा सावित भएको भन्दै उनीहरुले वर्तमान सरकारलाई पूरै अवधि राख्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्