२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संविधानका राम्रा कुरालाई स्वीकार्ने र नराम्रा कुरालाई सुधार्ने लक्ष्य : बाबुराम


0
Shares

काठमाडौं, असोज ३ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको संविधानलाई आधा भरिएको र आधा खाली गिलासको संज्ञा दिएका छन् ।

संविधान दिवसका अवसरमा शुक्रबार राजधानीमा गरिएको एक कार्यक्रममा उनले आफूहरुले संविधानका राम्रा कुरालाई स्वीकार्ने र नराम्रा कुरालाई सुधार्ने लक्ष्य लिएको बताए ।

संविधानका कमजोरीहरुलाई सच्याएर जानुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका अरु वक्ताहरुले संविधान दिवसको खुसियाली नमनाउने र विरोध पनि नगर्ने मध्यमार्गी नीति उपयुक्त भएको धारणा राखेका थिए ।