
जनकपुरधाम, असोज ३ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले वर्तमान संविधानले सबैको भावना समेट्न नसकेको बताएका छन् ।
सानो पाइला नामक गैरसरकारी संस्थाले शुक्रबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा उनले संविधानले मधेसी, उत्पीडितलगायतका समुदायलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको धारणा राखे ।
हरेक वर्गको भावना समेटेर संविधान संशोधन नगरेमा संघीय सरकारले ठूलै मूल्य चुकाउनुपर्ने उनको चेतावनी थियो ।
मधेस अलग हुने चेतावनी
कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ नेता महन्त ठाकुरले समयमै संविधान संशोधन नभए मधेस अलग हुने चेतावनी दिए ।
कार्यक्रमका अरु वक्ताहरुले वर्तमान संविधानको कडा आलोचना गरेका थिए ।
गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा मधेस आन्दोलनमा सहादत दिएकाहरुको परिवाजनलाई प्रमुख अतिथि बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्