
सोमबार आफूलाई भेट्न भक्तपुरस्थित निवासमा आएका कांग्रेस नेता विमलेन्द्र निधिसँगको भेटपछि बिजुक्छेले कांग्रेस र एमालेमा केही फरक नरहेको भन्दै चुनावी तालमेल हुनै नसक्ने बताए ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस र नेमकिपाबीच तालमेल गर्नेबारेमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाको ‘म्यान्डेड’ लिएर निधि कमलविनायकस्थित बिजुक्छे निवास पुगेका थिए ।
अध्यक्ष बिजुक्छे र नेता निधिबीच करिब एक घन्टा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्