नवीन शर्मा (इमेज) काठमाडौं, साउन ८ । विगतमा अनेक ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै आएको नेपाली कांगे्रस यतिबेला आफैंमा अलमलिरहेकोजस्तो देखिन्छ । दशकौंदेखि गुट–उपगुटको संक्रमणबाट गुज्रिएको कांग्रेसले अझैपनि आफ्नो कार्यशैलीमा सुधार गर्न सकेको छैन । कांग्रेसभित्र उत्पन्न भएको आन्तरिक द्वन्द्वलाई नेतृत्व तहले व्यवस्थापन गर्न नसक्दा पार्टी र नेतृत्व दुवै आलोचनाको तारो बनेका छन् । सधैंभरि प्रजातन्त्रको…