कैलाली, फागुन १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकार पार्टीकै निर्देशनमा चल्नुपर्ने बताएका छन् ।
सोमबार कैलालीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले सरकार पार्टीको विधान र उद्देश्यअनुसार नचले असफलताको दिशातर्फ जानसक्ने धारणा राखे ।
पार्टीको चुनावी एजेन्डाअनुसार सरकारले काम गर्नुपर्ने हुँदा पार्टीकै निर्देशनमा सरकार चल्नुको विकल्प नरहेकोे उनको भनाइ थियो ।
कार्यक्रममा नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताको सत्ता ल्याउनका लागि पार्टी एकता गरेको बताए ।
भेलालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य भीम रावललगायतका नेताहरुले सम्बोधन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्