२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


गाँजा खेती खुला गर्नेसम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता


0
Shares

काठमाडौं, फागुन १९ । संघीय संसदमा पहिलोपटक गैरसरकारी विधेयक दर्ता भएको छ ।

सत्तारुढ दल नेकपाका सांसद शेरबहादुर तामाङले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको गैरसरकारी विधेयक’ सोमबार संसद सचिवालयमा दर्ता गराएका हुन् ।

सामान्यतयः सरकारले विधेयक ल्याउने चलन भएपनि सांसदहरुले पनि विधेयक ल्याउनसक्ने व्यवस्थाअनुसार तामाङले गैरसरकारी विधेयक दर्ता गराएका हुन् ।

विधेयक दर्ता गराएका सांसद तामाङले गाँजा खेतीलाई खुला गरेमा विदेशिएका नेपाली युवा स्वदेश फर्किने, रोजगारी सिर्जना हुने र विदेशमा गाँजा निर्यात गरी मुलुकको आय–आर्जन बढाउन सकिने जिकिर गरेका छन् ।

सांसद तामाङले गाँजा बहुउपयोगी वनस्पति भएको भन्दै नेपालमा गाँजा खेतीलाई कसूर नहुने व्यवस्था गरी नियन्त्रित गाँजा खेती गर्ने व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

विधेयकमा अनुमति लिएरमात्र गाँजा खेती गर्न पाउने व्यवस्था उल्लेख गरिएको छ ।