काठमाडौं । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिका विषयमा छलफल हुने बताइएको छ । बैठकले शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने सम्भावना छ ।…