२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


पार्टी फुटको हल्ला निराधार : भीम रावल


0
Shares

कैलाली, फागुन १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सचिवालय बैठकको निर्णयअनुसार नै वामदेव गौतमलाई राष्ट्रिससभामा लैजानुपर्ने बताए ।

पार्टी फुटको हल्ला भने निराधार रहेको उनले जिकिर गरे ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सबैको चासो बढेकोमा उनले खुसी व्यक्त गरे ।

उनले एमसीसीबारे पार्टीको आधिकारिक धारणा नआएकाले यस विषयमा आफू धेरै नबोल्ने बताए ।

अर्को प्रसंगमा नेता रावलले धनगढी विमानस्थलको ‘भीआइपी’कक्ष प्रवेशमा आफूलाई रोक लगाएर अपमान गरिएको गुनासो गरे ।