२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


‘कोभिड–१९’: उच्च सतर्कता अपनाउन ध्यानाकर्षण


0
Shares

काठमाडौं, फागुन १९ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदले ‘कोरोनाभाइरस’को संक्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा थापा, कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गंगा चौधरी, छक्कबहादुर लामा, जिपछिरिङ लामा, जीवनराम श्रेष्ठ र जुलीकुमारी महतोले ‘कोभिड–१९’ बाट बच्नका लागि उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

मित्रराष्ट्र चीनबाट फैलिएको कोरोनाभाइरस विश्वका ६४ मुलुकमा फैलिसकेको, तीन हजार मानिसको ज्यान गइसकेको तथा झन्डै ८६ हजार मानिसमा संक्रमण देखिएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लेसमेत नेपाल कोरोनाभाइरसको उच्च जोखिममा रहेको बताउँदै आएको छ ।

नेपाल राष्ट्र बैंक विधेयक विचार गरियोस् प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको सोमबारको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोसम्बन्धी प्रस्ताव राखेका थिए । रासस