काठमाडौं, भदौ २० । साहित्यकार झमक घिमिरेलाई मध्यपश्चिमाञ्चल विश्वविद्यायलले मानार्थ विद्यावारिधिबाट सम्मान गरेको छ । शारीरिकरुपमा अशक्त भएपनि अनवरतरुपमा समकालीन नेपाली साहित्य सिर्जनामा लाग्दै आएकी घिमिरेलाई विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको हो । सोमबार काठमाडौंमा आयोजित विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि तथा प्रमाणपत्र प्रदान गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति…