साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान • Image Khabar Image Khabar


साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान


Imagekhabar
२० भाद्र २०७३, सोमबार २३:४९

साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान

काठमाडौं, भदौ २० । साहित्यकार झमक घिमिरेलाई मध्यपश्चिमाञ्चल विश्वविद्यायलले मानार्थ विद्यावारिधिबाट सम्मान गरेको छ ।

शारीरिकरुपमा अशक्त भएपनि अनवरतरुपमा समकालीन नेपाली साहित्य सिर्जनामा लाग्दै आएकी घिमिरेलाई विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।

सोमबार काठमाडौंमा आयोजित विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि तथा प्रमाणपत्र प्रदान गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले झमक घिमिरे नेपाली साहित्यकी एउटा अद्भूद पात्र भएको भन्दै उनको साहित्यिक योगदानलाई मध्यपश्चिम विश्वविद्यालयले कदर गर्नु प्रशंसनीय भएको बताइन् ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरुलाई शिक्षाको नाममा बेरोजगार जन्माउने थलोकोरुपमा विकास नगर्न आग्रह गरे ।

मानार्थ विद्यावारिधिबाट सम्मानित झमक घिमिरेले औपचारिक शिक्षा लिएकी छैनन् ।

बोल्न, हिँड्न नसक्ने तथा राम्रोसँग हातसमेत चलाउन नसक्ने घिमिरेका खुट्टाको औंलाले कलम च्यापेर लेखिएका दर्जन बढी कृतिहरु प्रकाशित छन् ।

 

प्रतिक्रिया दिनुहोस्