Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने


0
Shares

काठमाडौं । आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक रूपमा बादल लाग्ने सम्भावना रहे पनि तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । पहाडी क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार आज राति हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने अन्य क्षेत्रमा मौसम प्रायः सफा रहनेछ ।

यसैबीच, बिहानको समयमा तराईका भू–भाग, काठमाडौं उपत्यका तथा विभिन्न खोँचहरूका केही स्थानमा हल्का हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

Skip This