काठमाडौं, असोज १५ । पछिल्लो समयमा नेपाली भाषाका विषयमा विभिन्नखाले तर्क–विर्तक चलिरहेकाबेला आमजनतामा सही सूचना प्रदान गर्ने दायित्व पत्रकारकै हुनेमा विभिन्न व्यक्तिहरुले जोड दिएका छन् । शनिबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघले गरेको कार्यक्रममा सहभागीहरुले नेपाल र नेपालीको सम्पत्तिकोरुपमा रहेको नेपाली भाषा र साहित्यलाई जोगाउन साहित्यिक पत्रकारहरुले गम्भीर एवं सचेत भएर कलम चलाउनुपर्ने धारणा राखेका…