काठमाडौं, भदौ २५ । नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्य रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रलगायतलाई विपक्षी बनाइ अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र पत्रकार टपेन्द्रबहादुर कार्कीले शुक्रबार संयुक्तरुपमा सो निवेदन दायर गरेका हुन् ।…