काठमाडाैं। नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएकाे छ। इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा शनिबारदेखि शुरु भएको पार्टीको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,-'आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि…