काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले लोकतान्त्रिक दलहरूलाई धराशायी बनाउनेगरी जेनजी आन्दोलन भएको टिप्पणी गरेको छ ।
नेता बिमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा त्यसको असर कांग्रेसमा पनि परेको उल्लेख गरिएकाे हाे। जेनजी आन्दोलनले कांग्रेसलाई विग्रहको भुमरीमा फसाएको प्रतिवेदनमा भनिएको छ । जेनजी घटनाको नाममा नेपालको अस्मितामाथि धावा बोल्ने गरी मञ्चन भएको त्यो खेलले नेपाली कांग्रेसलाई विग्रहको भुमरीमा पुर्याएको उल्लेख गरिएकाे छ । ‘जसको उद्देश्य राष्ट्रिय, देशभक्तिपूर्ण र लोकतान्त्रिक शक्ति कांग्रेस अन्य दलहरुलाई धराशायी बनाउनु थियो की ? अथवा अन्यत्र क्षेत्रमा जस्तै गरी कांग्रेसभित्रको महत्वाकांक्षी चिन्तनले जेनजी घटनाको सहारामा आफ्नो महत्वाकांक्षा पूरा गर्ने योजना बुनेको थियो ? यी प्रश्नको उत्तर क्रमशः खुल्दै जानेछ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।’
राजनीतिक प्रतिवेदनमा पार्टीभित्र रूपान्तरण र नेतृत्व हस्तान्तरणका लागि सकारात्मक रहे पनि विशेष महाधिवेशन विधि मिचेर भएकाले उक्त नेतृत्वलाई स्वीकार नगर्ने उल्लेख गरिएकाे हाे।









प्रतिक्रिया दिनुहोस्