काठमाडाैं । एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म आयोजना हुने भएको छ।
आयोजकले प्रतियोगिता काठमाडाैंकाे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला कभर्डहलमा हुने जानकारी दिएको हो । एशियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यावसायिकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ ।
तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको हाे। अब प्रतियोगितामा सुदूरपश्चिमसहित कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाण्डौ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ७ वटा टोली पुगेका छन् । लिगको पहिलो संस्करण काठमाण्डौमा र दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो ।
यस अघि शुक्रबार नेपाल भलिबल लिग (एनभीएल) को मिति सार्वजनिक भएको थियो । एनभीएल आगामी भदौ १९ देखि २७ गतेसम्म दशरथ रङ्गशाला कभर्डहलमा सञ्चालन हुने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्