Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


संविधानले सुनिश्चित गरेको आदिवासीको अधिकारमा एमाले प्रतिबद्ध: अध्यक्ष ओली

सबै समुदायलाई सह-अस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा लाग्नुपर्नेमा जाेड

182
Shares

काठमाडाैं। नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएकाे छ।

इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कलमा शनिबारदेखि शुरु भएको पार्टीको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,-‘आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि एमाले सधैँ प्रतिबद्ध छ। सबैको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्छ ।’

एमालेले विगतदेखि समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको वकालत गर्दै आएको अध्यक्ष ओलीले बताउनुभयाे। विभिन्न जातजातिका नाममा विभाजन तथा द्वन्द्व सिर्जना गर्ने भन्दा सबै समुदायलाई सह-अस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा लाग्नुपर्नेमा जाेड दिनुभएकाे छ।