इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी २४ जिल्लामा औषधि खुवाउन लागिएको जानकारी दिएको हो । त्यसका लागि महाशाखाले ३८ करोड ३५ लाख २१ हजार रुपैयाँ रकम छुट्याएको छ । मसिनो धागो आकारको जुकाजस्तै परजीवीले संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने भन्दै महाशाखाले हात्तीपाइले रोगको जोखिमबाट…