एक घण्टामा ६० जना बिरामीको रगतबाट २०० भन्दा बढी प्रकारको परीक्षण गर्ने अटोमेटिक बायो–केमेस्ट्री एनलाएजर मेसिन एक सातादेखि बिग्रिएपछि सेवाग्राहीले उपचारमा कठिनाइ भोग्नुपरेको छ । प्रयोगशालामा रहेको दुवै एनलाएजर मेसिन बिग्रिएपछि एक घण्टामा हुने कामलाई चार घण्टा समय लाग्ने गरेको प्रयोगशालाका मेडिकल टेक्निसियन हीराबाबु पाण्डेले जानकारी दिए । उनले अटो एनलाइजरको तुलनामा मेनुबल मेसिनबाट काम…