औषधि लिमिटेडले सिटामोलको व्यावसायिक उत्पादन थाल्यो • Image Khabar Image Khabar


औषधि लिमिटेडले सिटामोलको व्यावसायिक उत्पादन थाल्यो


Imagekhabar
१४ फाल्गुन २०७४, सोमबार १७:१९

औषधि लिमिटेडले सिटामोलको व्यावसायिक उत्पादन थाल्यो

लामो समय बन्द रहेर ११ महिनाअघि पुनः सन्चालनमा आएको नेपाल औषधि लिमिटेडले जीवनजलपछि सिटामोलको उत्पादन सुरु गरेको हो । सिटामोलको बजार मूल्य प्रतिट्याबलेट १ रुपैयाँ रहेको छ ।

औषधि लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसन सुवेदीले १० लाख ट्याबलेट उत्पादन गरी फागुनपछि सिटामोल बजार पठाउने तयारी भइरहेको बताए ।

सरकारले निःशुल्करुपमा वितरण गर्दै आएका ७० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य नेपाल औषधि लिमिटेडले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्