रुकुम पश्चिममा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती • Image Khabar Image Khabar


रुकुम पश्चिममा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती


Imagekhabar
१४ फाल्गुन २०७४, सोमबार ०८:४१

रुकुम पश्चिममा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती

रुकुम, फागुन १४ । रुकुम पश्चिममा एम्वुलेन्स नहुँदा बिरामीलाई सास्ती भएको छ ।

जिल्ला अस्पताल सल्लेमा भएको एउटै मात्र एम्वुलेन्स एक वर्षदेखि बिग्रिएपछि बिरामीलाई सास्ती भएको हो ।

सिंगो जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा गम्भीर प्रकृतिका बिरामी, सुत्केरी, वृद्धवृद्धा र बालबालिकालाई अस्पताल ल्याउन समस्या भएको छ ।

जिल्ला अस्पतालको एम्बुलेन्स धेरै पुरानो भएको र पटकपटक मर्मत गर्दा पनि सञ्चालन गर्न नसकिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष शिव आचार्यले बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटीको एम्बुलेन्स पनि बिग्रिएर थन्किएको छ ।

जिल्लामा एउटै पनि एम्बुलेन्स नभएपछि विरामीहरु महंगो शुल्क तिरेर निजी सवारी रिजर्भ गर्न बाध्य छन् ।

पैसा नहुनेहरुले विरामीलाई डोकोमा बोकेर अस्पतालसम्म ल्याउनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्