यही माघ १८ गतेदेखि दुई दिनसम्म नुवाकोटको विदुर नगरपालिकामा सञ्चालित शिविरमा मोतीविन्दु लागेका बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरिएको हो । आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसकेकालाई सहयोग गर्ने उद्देश्यले निःशुल्क आँखा शिविर सञ्चालन गरिएको लायन्स क्लब अफ काठमाडौ बि टुका अध्यक्ष उज्जल गौतमले बताए । आँखाको शल्यक्रिया गरिएका बिरामीको सम्पूर्ण उपचार र औषधिसमेत निःशुल्क…