
युनियनले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी यही माघ १९ देखि २१ गतेसम्म चितवनको भरतपुरमा महाधिवेशन हुने जानकारी दिएको हो ।
युनियनका कार्यवाहक अध्यक्ष सन्जय बरालले तीन दिनसम्म चल्ने महाधिवेशनले केही सैद्धान्तिक विषय र नीति पारित गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गर्ने जानकारी दिए ।
अस्पताल विकास समितिमा ३५ हजार कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सक रहेको भन्दै उनले उनीहरुलाई समायोजनमा बेवास्ता गरिए आन्दोलनमा जाने चेतावनी पनि दिए ।
सरकारले विकास समितिलाई स्थानीय तहमा जान निर्देशन दिइसकेको अवस्थामा आफूहरुको उपयुक्त समायोजन हुनुपर्ने कार्यवाहक अध्यक्ष बरालले माग गरे ।
महाधिवेशनमा देशभरबाट करिब ४०० प्रतिनिधिको सहभागिता रहने जनाइएको छ । युनियनमा हाल देशभरका ३५ ओटा विकास समितिका कर्मचारीहरु आवद्ध छन् । देशभरमा कुल ६५ ओटा अस्पताल विकास समिति रहेका छन् ।
महाधिवेशनले १७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिसमेत चयन गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्