धेरैजसो स्वास्थ्य चौकीमा घाउमा लगाउने बेटाडीनदेखि गर्भवती महिलाले खाने आईरन चक्कीसमेत नपाउँदा विरामी समस्यामा परेका छन् । बझाङमा रहेका स्वास्थ्य चौकीहरुमा औषधी अभाव भएको छ । सुर्मा, खप्तड छान्ना, काँडा, मष्टा, तल्कोट, केदारस्युँ, जयपृथ्वी, बुंगललगायत गाउँ विकास समितिका स्वास्थ्य चौकीहरुमा औषधि अभाव भएको हो । स्वास्थ्य चौकीमा औषधि नपाएपछि स्थानीय सर्वसाधारण भने जडीबुटी गरेर उपचार…