
कालिकोट, जाजरकोट, बाजुरा र सोलुखुम्बु जिल्लामा फैलिएको भाइरल ज्वरो विस्तारै नियन्त्रणमा आएको महाशाखाले जनाएको हो ।
महाशाखा प्रमुख डा. भीम आर्चायले इन्फ्लुएन्जा टाइप वान एच थ्री भाइरसका कारण समस्या देखिएको बताए ।
जाजरकोट, बाजुरा र सोलुखुम्बुका बिरामीको र्याल परीक्षण गर्दा उक्त भाइरस पुष्टि भएको तथा कालिकोटका बिरामीको र्याल परीक्षणका लागि ल्याएको डा. आर्चायले बताए ।
मौसम परिवर्तनसँगै सुरु हुने भाइरल ज्वरोले जिउ, घाँटी र टाउको दुख्ने तथा नाकबाट पातलो पानी बग्ने, ज्वरो आउनेजस्ता लक्षण देखापर्ने गर्दछ ।
स्वास्थ्य जाँच गरेर औषधि खाएमा एक हप्तामै पूर्णरुपमा निको हुने चिकित्सक बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्