मिर्गौला रोगी, क्यानसरपीडितलाई मासिक ५ हजार भत्ता वितरण सुरु • Image Khabar Image Khabar


मिर्गौला रोगी, क्यानसरपीडितलाई मासिक ५ हजार भत्ता वितरण सुरु


Imagekhabar
११ माघ २०७४, बिहीबार १८:५९

मिर्गौला रोगी, क्यानसरपीडितलाई मासिक ५ हजार भत्ता वितरण सुरु

वीर अस्पताल र ट्रमा सेन्टरमा उपचार गराइरहेका २७ जनालाई बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले भत्ता वितरण गरेका हुन् ।

जसमध्ये वीर अस्पतालमा उपचार गराइरहेका १० जना क्यासरपीडित, मिगौला ‘फेल’ भएका ११ जना र स्पाइनल इन्जुरी भइ ट्रमा सेन्टरमा उपचार गराइरहेका ६ जना बिरामीलाई भत्ता वितरण गरिएको हो ।

भत्ता वितरण गर्दै प्रधानमन्त्री देउवाले ठूला भनिएका रोग लागेर जीविकोपार्जन गर्न समस्या भएका बिरामीलाई सहयोगस्वरुप भत्ता वितरण गरिएको बताए ।

सो अवसरमा स्वास्थ्यमन्त्री दीपक बोहराले सुर्तीजन्य पर्दाथबाट उठेको रकमबाट भत्ता वितरण गर्न सुरु गरिएको बताए ।

गत पुस २३ गतेको मन्त्रिपरिषदको बैठकले त्यस्ता रोग लागेका बिरामीलाई मासिक भत्ता दिने निर्णय गरेको थियो ।

तर, अर्थ मन्त्रालयले स्पस्ट मापदन्ड नपुगेको भन्दै रोकेपछि स्वास्थ्य कर कोषबाट रकम दिने निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्