
नेपाल नर्सिङ संघको तथ्यांकअनुसार नेपालमा अहिले नर्सको संख्या ७४ हजार ८४० जना रहेको छ । तीमध्ये ९ हजारको हाराहारीमा सरकारी स्वास्थ्य संस्थामा कार्यरत् छन् भने २२ हजार नर्स निजी स्वास्थ्य संस्थामा र एक हजार गैरसरकारी संस्थामा आबद्ध छन् ।
बाँकी नर्सहरुको उचित व्यवस्थापन हुन नसक्दा उनीहरु स्वयंसेविकाकोरुपमामात्र सीमित भएका छन् ।
नेपाल नर्सिङ संघका कार्यवाहक अध्यक्ष गंगा थापाले नेपालमा नर्सहरुको अवस्थाक निकै नै दयनीय रहेको बताइन् ।
उनले नेपालको नीति–नियम नै विभेदकारी भएको भन्दै नर्सहरुले रोजगारी नपाएकोमात्रै नभइ उपयुक्त सुविधा पनि नपाएको र उनीहरु सुरक्षितसमेत नरहेको बताइन् ।
निजी स्वास्थ्य संस्थाले सरकारीलेभन्दा धेरै नर्सलाई रोजगारी दिएपनि पारिश्रमिक निकै कम हुँदा रोजगारी पाएर पनि पीडित हुनुपर्ने अवस्था रहेको थापाले बताइन् ।
अन्तर्राष्ट्रिय मापदन्डअनुसार एकजना नर्स बराबर ६ जना बिरामी हुनुपर्नेमा नेपालमा एकजना नर्सलेमात्र एक दिनमा ५० जना बिरामीको रेखदेख गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिइन् ।
जसका कारण एकातर्फ नर्सहरुले गुणस्तरीय सेवा दिन नसकिरहेको र अर्कोतर्फ नर्सहरु बेरोजगार बस्नुपरेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्