लायन्स क्लवको पहलमा मोतीविन्दु रोगीको निःशुल्क शल्यक्रिया • Image Khabar Image Khabar


लायन्स क्लवको पहलमा मोतीविन्दु रोगीको निःशुल्क शल्यक्रिया


Imagekhabar
२१ माघ २०७४, आईतवार १५:२४

लायन्स क्लवको पहलमा मोतीविन्दु रोगीको निःशुल्क शल्यक्रिया

यही माघ १८ गतेदेखि दुई दिनसम्म नुवाकोटको विदुर नगरपालिकामा सञ्चालित शिविरमा मोतीविन्दु लागेका बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसकेकालाई सहयोग गर्ने उद्देश्यले निःशुल्क आँखा शिविर सञ्चालन गरिएको लायन्स क्लब अफ काठमाडौ बि टुका अध्यक्ष उज्जल गौतमले बताए ।

आँखाको शल्यक्रिया गरिएका बिरामीको सम्पूर्ण उपचार र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । आँखा रोग विशेषज्ञ डा. कमल खड्काको नेतृत्वमा गरिएको शिविरमा २ सय जनाको आँखा परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्