२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपालमा वार्षिक १५ सय बालबालिका ‘डाउन सिड्रोम’, के हो यो ? (भिडियो)


0
Shares

डाउन सिन्ड्रोम भएका बालबालिकाको वृत्ति विकास गर्ने उद्देश्यले संघले काठमाडौंमा तीनदिने तालिम शुरु गरेको हो ।

जन्मजात रुपमा नै देखिने डाउन सिन्ड्रोमको समस्याबाट हाल नेपालमा धेरै बालबालिका प्रभावित भएका छन् । शारीरिक र मानसिक विकास नै ढिलो हुने यस्ता बालबालिकालाई बोल्न, हिँड्न र खान नै समस्या हुने गर्छ ।

सामान्य मानिसको शरीरमा प्रत्येक कोषमा ४६ वटा क्रोमोजोम हुन्छन् । तर डाउन सिन्ड्रोमको अवस्थामा भने ४६ को ठाउँमा ४७ वटा क्रोमोजोम बनेका हुन्छन् । जसका कारण यस्ता बालबालिकाको गतिविधि अन्य सामान्य बच्चाको भन्दा केही असामान्य हुने र फलस्वरुप शारीरिक विकास तथा सिकाईमा ढिलो हुनेजस्ता समस्या देखिने डा. ललिता जोशी बताउँछिन् ।

नेपालमा वार्षिक १५ सय बालबालिका डाउन सिड्रोम भएका जन्मिने गरेको अनुमान छ । विश्वमा भने १ हजार बालबालिकामध्ये १ जनामा डाउन सिन्ड्रोमको समस्या देखिने गरेको अनुमान छ ।

यस्ता बालबालिका सामान्य बालबालिकाको तुलनामा हिँड्न, बोल्न उठ्न, बस्न, खान सक्ने क्षमताको विकास निकै ढिलो हुने गर्छ । जसका कारण यस्ता बाबवालिकालाई फिजियोथेरापीको समेत आवश्यकता पर्छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्