
आँखामा विभिन्नखाले समस्या भएर पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेका यहाँका झन्डै आठ सय सर्वसाधारण शिविरबाट लाभान्वित भएका छन् ।
त्यसैगरी ५ सय ३५ जना महिलाको पाठेघर परीक्षण गरिएको छ भने शिविरमा झन्डै ६० जनाको मोतियाबिन्दूको शल्यक्रियासमेत गरिएको छ ।
गरिबी निवारणका लागि शान्ति र विकास संस्थाको आयोजना, हेन्ड्स फर नेपाल संस्थाको संयोजन र भिजन–२०२० संस्थाको प्राविधिक सहयोगमा तीन दिने शिविर सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्