दाङ, जेठ १४ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ र ४ मा पर्ने पातेटाकुरामा फैलिएको झाडापखालाबाट प्रभावित भएकाहरुको अवस्था सामान्य बन्दै गएको छ । यो गाउँका ४ सय १९ जना झाडापखालाबाट बिरामी परेका थिए । ती मध्ये गम्भीर बिरामी ४१ जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको छ । राप्ती अञ्चल अस्पतालले…