पश्चिम दाङमा झाडापखालाबाट ३५० बढी बिरामी • Image Khabar Image Khabar


पश्चिम दाङमा झाडापखालाबाट ३५० बढी बिरामी


Imagekhabar
१२ जेष्ठ २०७५, शनिबार १९:१०

पश्चिम दाङमा झाडापखालाबाट ३५० बढी बिरामी

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठकाअनुसार झाडापखालाका कारण २०० भन्दा बढी बिरामी भएको खबर पाएलगतै शनिबार दिउँसो औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ ।

स्वास्थ्यकर्मीको टोलीले स्थानीयस्तरमा नै बिरामीको उपचार गरिरहेको छ ।

झाडापखालाका गम्भीर २३ जना बिरामीलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको छ ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले दूषित पानीका कारण झाडापखाला लागेको बताए ।

स्थानीय माइलीपानी मुहानको पानी उपभोग गर्दै आएका उनीहरु बिरामी परेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्