बुधबार चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँचजनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एकजनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको स्वास्थ्य केन्द्रले जनाएको छ । बुधबार उपचारका लागि आएकासमेत दाङमा झाडापखालाबाट प्रभावित हुने एक हजार ६३१ पुगेका छन् । बुधबार आएका अधिकांश बिरामी सामान्य अवस्थाका रहेको स्वास्थ्य…