Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने डा. केसीको चेतावनी


0
Shares

डा. केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधिमा शिक्षा मन्त्रालयले हचुवाको भरमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था थप गरेको आरोप लगाएका छन् ।

तीन वर्षे स्नातकोत्तर तह अध्ययन गरेका चिकित्सकले दुई वर्ष सेवा गरे पुग्ने व्यवस्था कायम गरी चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने डा. केसीको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सकहरुको अध्ययन, वृत्तिविकास ठप्प हुनेगरी जबर्जस्ती थोपरिने नियमले देशभर गुणस्तरीय सेवा पुर्‍याउन बाधा खडा गर्ने उनको भनाइ छ ।

६ बुँदे मागसहित जारी गरिएको विज्ञप्तिमा डा. केसीले सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने चेतावनीसमेत दिएका छन् ।