‘नेपालमा ३० लाख मानिसमा बाथरोग’ • Image Khabar Image Khabar


‘नेपालमा ३० लाख मानिसमा बाथरोग’


Imagekhabar
२२ जेष्ठ २०७५, मंगलवार १९:५६

‘नेपालमा ३० लाख मानिसमा बाथरोग’

मंगलबार नेसनल बाथरोग सेन्टरको पाँचौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै बाथरोग विशेषज्ञहरुले बाथरोगले मुटु, आँखा, मिर्गौला, फोक्सो, छाला र रगतमा असर गर्ने हुँदा यसको समस्या बढ्दै गएको जानकारी दिए ।

कार्यक्रममा नेसनल बाथरोग सेन्टरका अध्यक्ष एवं बाथरोग विशेषज्ञ डा. विनीत वैद्यले रोगसँग लड्ने शक्तिले आफ्नै शरीरलाई असर गर्न थाल्यो भने बाथरोगको समस्या देखिने बताए ।

९० प्रतिशत बाथरोग लक्षणबाटै पहिचान हुने र १० प्रतिशत रगतको परीक्षणबाट पत्ता लाग्ने उनले जानकारी दिए ।

अमेरिकाको बाथरोग विद्यालयले कुल जनसंख्याको १० प्रतिशतमा बाथरोग हुने सम्भावना उच्च हुने जनाएको छ ।

कार्यक्रममा नेसनल बाथरोग सेन्टरलेमात्र हालसम्म ७५ हजार २७५ बाथरोगीको उपचार गराइसकेको जानकारी पनि दिइयो । जसमा गठिया बाथ हुने ३८.३४ प्रतिशत, ढाडको बाथका १२ प्रतिशत र हड्डी खिइएको १२ प्रतिशत रहेका छन् ।

गठिया बाथ हुनेमा भने ३० वर्षभन्दामाथिका उमेर समूहका महिलाहरु बढी रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्