२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पुरुष पनि स्तन क्यान्सरबाट पीडित


0
Shares

शनिबार काठमाडौंमा महिला दिदी बहिनी समूह, रोटरी क्लब अफ चन्द्रागिरि र रोटरर्‍याक्ट क्लब अफ किस्ट मेडिकल कलेजले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले विश्व स्वास्थ्य संगठनको सो तथ्यांकको जानकारी दिएका हुन् ।

नेपालमा पनि स्तन क्यान्सरबाट पीडित पुरुषहरु रहेको तर अध्ययन–अनुसन्धानको कमीले स्तन क्यान्सरबाट पीडित पुरुष र महिलाको यकिन तथ्यांक नरहेको चिकित्सकहरुको भनाइ छ ।

कार्यालय जाने महिलामा नजाने महिलाहरुको तुलनामा ७० प्रतिशत बढीलाई स्तन क्यान्सरको सम्भावना रहेको जनाइएको छ ।

स्तनपानको कमी, वायु प्रदूषण, ढिला गर्भाधान, आधुनिक जीवनशैली, विभिन्न तनावका कारण पनि स्तन क्यान्सर हुने गरेको चिकित्सकहरुले जनाएका छन् ।

कार्यक्रममा सहभागीहरुले महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड नेपालभरि सर्वसुलभ र सस्तो बनाइदिन सरकारसँग माग गरेका थिए ।

महिनावारी स्वास्थ्य र स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम पनि नेपालभरि पुर्‍याउनुपर्ने उनीहरुको माग छ ।