
काठमाडौं, जेठ १२ । सगरमाथा आरोही संघले सगरमाथा आरोही स्वर्गीय प्रकाश दाहालको सम्झनामा आज काठमाडौंमा वृहत्त रक्तदान गरेको छ ।
रगतको अभावले बिरामीको अकालमा मृत्यु नहोस् भन्ने उद्देश्यले आरोही संघले आरोहीहरुका तर्फबाट रक्तदान गरेको हो ।
रक्तदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले रक्तदान जस्तो पुण्य काम कुनै नभएको बताए ।
उनले अस्पताल र स्वास्थ्यचौकीमा रगतको अभाव हुन नदिन रक्तदान आवश्यक रहेको पनि बताए ।
पुत्र प्रकाशको स्मरणमा गरिएको रक्तदान कार्यक्रममा अध्यक्ष दाहालसहित पत्नी सीता भावुक बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्