१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘एक अर्ब दान गर्दा पनि प्रहरीको लापरबाहीले अस्पताल सन्चालनमा आएन’


0
Shares

शुक्रबार सप्तरीको रुपनीमा पत्रकार सम्मेलन गरी दाता जोगेन्द्र भगतले दुई वषअघि रुपनीबजारमै अस्पतालका लागि भवनसहितको जग्गा उपलब्ध गराउँदा पनि प्रहरीको लापरबाहीले अहिलेसम्म अस्पताल सन्चालनमा आउन नसकेकोको गुनासो गरे ।

बढ्दो सडक दुर्घटना र जिल्लामा रहेका विपन्नहरुले सहुलियतरुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने मनसायले २०७३ सालमै २ विगाहा ५ कट्ठा जग्गासहितको भवन दान गरेपनि अहिलेसम्म स्वास्थ्य सेवा सुचारु नभएको दाता भगतको भनाइ छ ।

कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जनतालाई भइरहेको असुविधालाई ध्यानमा राखी आफूले विभिन्न प्रयास गरेपनि अस्पताल सन्चालनमा ढिलासुस्ती भइरहेको बताए ।

हाल अस्पतालमा विभिन्न उपकरणसहित दुई डाक्टर, स्टाफ नर्स र अनमी गरी १३ जना चिकित्सक टोली कार्यरत् छन् ।

यस्तै, प्रशासनतर्फ १४ जना कर्मचारी रहेको अस्पतालले जनाएको छ । तर, उपचार सेवा भने सुरु भएको छैन ।