२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पश्चिम दाङमा झाडापखालाका विरामीको अवस्था सामान्य


0
Shares

दाङ, जेठ १४ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ र ४ मा पर्ने पातेटाकुरामा फैलिएको झाडापखालाबाट प्रभावित भएकाहरुको अवस्था सामान्य बन्दै गएको छ ।

यो गाउँका ४ सय १९ जना झाडापखालाबाट बिरामी परेका थिए । ती मध्ये गम्भीर बिरामी ४१ जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको छ ।

राप्ती अञ्चल अस्पतालले एक जना बिरामीको कोहलपुर शिक्षण अस्पताल रिफर गरेको छ ।

अन्य ४० बिरामीमध्ये २९ जनाको राप्ती अञ्चल र बाँकीको तुलसीपुरमा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ ।

बाँकी बिरामीलाई शान्तिनगर गाउँपालिकाको चिराघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पखालबाट बिरामी परेको खबर पाएलगत्तै राप्ती अञ्चल अस्पताल तुलसीपुर, सदरमुकाम घोराहीबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।

बिरामी हुने अधिकांश महिला छन् । मुहानको पानी दूषित हुँदा पखाला लागेको उपचारमा संलग्न डा. हेमन्त कर्माचार्यले जानकारी दिए ।