संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले शनिबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा प्रदेश–२ मा प्रजनन् स्वास्थ्यको अवस्था दयनीय रहेको तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा सहभागीहरुले इच्छाविपरीत गर्भधारण गर्नुपर्ने बाध्यताका कारण महिलाको स्वास्थ्य अवस्था खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरे । प्रजनन् स्वास्थ्यमा सुधार ल्याउनका लागि यस क्षेत्रमा लगानी बढाउनुपर्ने उनीहरुको माग थियो । कार्यक्रममा राष्ट्रसंघीय जनसंख्या कोषकी…