आँखा अस्पतालको वार्षिकोत्सवका अवसरमा ४४ जना दृष्टिविहीनलाई नयाँ जीवन • Image Khabar Image Khabar


आँखा अस्पतालको वार्षिकोत्सवका अवसरमा ४४ जना दृष्टिविहीनलाई नयाँ जीवन


Imagekhabar
२६ चैत्र २०७४, सोमबार १३:३१

आँखा अस्पतालको वार्षिकोत्सवका अवसरमा ४४ जना दृष्टिविहीनलाई नयाँ जीवन

अस्पताल परिसरमा आयोजित कार्यक्रममा आँखाको ज्योति गुमाएका ग्रामीण क्षेत्रका ४४ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । कार्यक्रममा रक्षा मन्त्री इश्वर पोखरेलले शल्यक्रिया गरेका ४४ जनाको आँखाको पट्टी खोलिदिएका थिए ।

मन्त्री पोखरेलले आँखाको ढोका बन्द भए संसारको ढोका बन्द हुने भन्दै आँखा उपचार सहज बनाउनु पर्ने बताए । आँखाको उपचारबाट कोहि पनि बञ्चित हुन नपरोस् भन्ने सरकारको नीति रहेकाले सरकार अस्पतालसँग सहकार्य गरेर अगाडि बढ्न इच्छुक रहेको बताए ।

अस्पतालले जनशक्ति विकास र अनुसन्धानको क्षेत्रमा काम गर्नुपर्ने भन्दै उनले सरकारले आवश्यक सहयोग गर्ने वचन दिए ।

राजनीतिक अधिकार प्राप्तिको आन्दोलन समाप्त भएको भन्दै उनले अब समृद्धिको आन्दोलनमा सरकार लाग्ने बताए । अँध्यारो युग समाप्त भएको र अब उज्यालो दिनको सुरुवात भएको उनको भनाइ थियो ।

अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीले आँखा उपचारमा नेपाल दक्षिण एशियामै उत्कृष्ट रहेको बताए । अस्पतालले बार्षिक एक लाखभन्दा बढीको उच्च प्रविधिबाट आँखाको उपचार गर्दै आएको छ ।

कार्यक्रममा आँखाको उपचारमा सहयोग पुर्‍याउँदै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्