अनुपाको टाउको र घाँटीको छर्रा १५ वर्षपछि निकालियो • Image Khabar Image Khabar


अनुपाको टाउको र घाँटीको छर्रा १५ वर्षपछि निकालियो


Imagekhabar
२६ चैत्र २०७४, सोमबार १६:५६

अनुपाको टाउको र घाँटीको छर्रा १५ वर्षपछि निकालियो

माओवादी सशस्त्र द्वन्द्वका बेला बमको छर्रा लागेकी पाँचथरकी अनुपा राईको झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले निःशुल्क उपचार गरी छर्रा निकालिदिएको हो ।

पाँचथर, हिलिहाङ गाउँपालिका–७, सुभाङकी अनुपाको टाउको र शरीरका विभिन्न भागमा बमका छर्रा रहेका थिए ।

पाँच घन्टा लामो अपरेसनपछि बीएन्डसी अस्पतालका न्यूरोरोग विशेषज्ञ डा. पंकज नेपाल नेतृत्वको चिकित्सकको टोलीले टाउको र घाँटीको छर्रा निकालिदिएको हो ।

वि.सं. २०५९ वैशाख २४ गते संखुवासभाको चैनपुरमा भएको आक्रमणमा उनी घाइते भएको जनाइएको छ ।

उपचारपछि सन्चारकर्मीसँग कुरा गर्दै राईले सशस्त्र द्वन्द्वकाक्रममा लागेको बमको छर्रा १५ वर्षसम्म बोकेर हिँड्दासमेत सरकारले चासो नदिँदा आफू दुःखी भएपनि बीएन्डसीको सहयोगले आफ्नो जीवनमा परिवर्तन आएको बताइन् ।

बमको छर्रा निकालिएसँगै सोमबार उनी खुसी हुँदै घर फर्किएकी छन् ।

प्रतिक्रिया दिनुहोस्