गर्भपतनले कानुनी मान्यता पाएपछि सरकारले निःशुल्क सुरक्षित गर्भपतनको सेवा सुचारु गरेको हो । ‘आइपास’ नेपालको सहयोगमा हाल जिल्ला अस्पताल तेह्रथुमसहितका १४ ओटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी ९ हप्तासम्मको गर्भपतन सेवा सुरु भएको छ । संक्रान्तिबजार र वसन्तपुरका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सो सेवा सुरु भएको छ । यस्तै, चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ,…